site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ । 

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

संघका अनुसार चाँदी आज एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्