site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाको नयाँ सबभेरियन्ट ४१ देशमा सक्रिय, नेपालमा कस्तो छ सतर्कता ? 

काठमाडौं । कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ विश्वका ४१ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार डिसेम्बर २३ सम्म ४१ देशमा जेएन.१ का केसहरू रेकर्ड गरिएको छ ।

अमेरिकामा पछिल्ला दिनहरूमा यही सब भेरियन्टका कारण कोरोना संक्रमित तीव्र  बन्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार पछिल्लो दुई सातामा मात्रै संक्रमितको संख्या दोब्बरले थपिएको छ । जसमा ४४ प्रतिशत जेएन.१ संक्रमित छन् । 

Dabur Nepal
NIC Asia

डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा मात्रै जेएन.१ देखिएको सीडीसीको रिपोर्ट छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा जेएन.१ संक्रमित ६३ जना रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पुष्टि गरेको छ । 

पछिल्लो २४ घण्टामा संक्रमणका कारण केरलामा एकजनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या चार हजार ५४ छ ।

कोरोनाको नयाँ सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई 'भेरियन्ट अफ इन्ट्रेस्ट'मा राख्ने गरेको छ ।

जसमा विशेषता बदलेर उपप्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब भेरियन्टहरू पर्दै आएका छन् । डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । 

भारतमा देखिएका संक्रमितहरूमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्ससँग बताएका छन् ।

यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा श्वासप्रश्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ ।

के छ नेपालमा सतर्कता ?

जेएन.१ विश्वका ४१ देशमा फैलिएसँगै नेपलमा यसको जोखिमबारे चासो बढेको छ । नेपालले यसलाई हालसम्म हवाई यात्रा र स्थलगत सीमा हुँदै भारतबाट भित्रिनेहरूका लागि यात्राको कुनै थप मापदण्ड तोकेको छैन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताउँछन् । अहिले जेएन.१ लाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

“हामीसँग भएका भौतिक पूर्वाधार र जनशक्ति तालिमप्राप्त भएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन,” उनी भन्छन् । 

उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ । 

यद्यपि, यसअघिका अनुभवहरूलाई हेरेर नयाँ सब भेरियन्टको जोखिमलाई नजरअन्दाज गर्न भने नमिल्ने बताउँछन्, वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । विशेषगरी सीमा नाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनी बताउँछन् ।

जिन सिक्वेन्सिङमा देखिएन जेएन.१

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)ले पछिल्लोपटक संकलन गरिएका नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा जेएन.१ नदेखिएको जनाएको छ । नोभेम्बरमा सीमा नाकाबाट संकलित कोरोना संक्रमण पुष्टि भएका नमुनाको परीक्षणमा सो सब भेरियन्ट नदेखिएको एनपीएचएलले पुष्टि गरेको छ । 

एनपीएचएल निर्देशक डा. रञ्जनराज भट्टले १४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको जेएन.१ फेला नपरेको बताए ।

“सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका लागि नमुना पठाउन भनेका छौँ, डिसेम्बर महिनाका नमुनाको पनि जिन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ,” उनले भने ।

नयाँ सब भेरियन्टबारे चिन्तित नहुन तर यसअघिका संक्रमणका लहरहरूमा जस्तै व्यक्तिगत सुरक्षाका मापदण्ड भने अपनाउन उनको सुझाव छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro