site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी आइतबार कै मूल्यमा कारोबार भइरहेको छ ।

छापावाल सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलामा एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्