site stats
बाह्रखरी :: Baahrakhari
देश
बारका अध्यक्षको प्रश्न– जेल परेको १० वर्षपछि निर्दोष ठहर हुँदा फौजदारी न्याय जीवित रहन्छ ?
फाइल तस्बिर।

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले फौजदारी न्यायमा गम्भीर प्रश्नहरू रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७३औँ स्थापना दिवसको कार्यक्रममा अध्यक्ष घिमिरेले अनुसन्धान र अभियोजनमा भएका लापरबाहीका कारण निर्दोषले सजाय पाउने र दोषी उम्कने अवस्थाले फौजदारी न्यायमा गम्भीर प्रश्न उठेको बताए ।

“अहिले फौजदारी न्याय मर्‍यो भनिँदै छ, किन ?,” प्रश्न गर्दै अध्यक्ष घिमिरेले भने, “१० वर्ष जेल बसेपछि निर्दोष ठहर भएर छुट्दा फौजदारी न्याय जीवित रहन्छ ?”

Argakhachi Cement Island Ad

उनले न्यायपालिकाका लागि कुल बजेटको कम्तीमा एक प्रतिशत बजेट राखिदिन कानुन मन्त्रालयलाई आग्रह गरे ।

अध्यक्ष घिमिरेले कानुन व्यवसायीलाई करको दायरामा ल्याउन कर बुझाएको प्रमाण पेस नभएसम्म लाइसेन्स नवीकरण नहुने व्यवस्था गरिएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्