site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यष कामेश्वर कापरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले पाँच लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुदा दायर गरेका अन्यमा हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरी रहेका छन् । 

दायर गरिएको मुद्दामा उनीहरूसँग ५ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।

हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार रुपैयाँ राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro