site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार छ : प्रधानन्यायाधीश
फाइल तस्बिर ।
SkywellSkywell

धुलिखेल । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन् । नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार आयोजित ‘६८औँ बार डे’ २०८० का अवसरमा उनले प्रविधिमैत्री सेवा दिन आफूले प्रयत्न गरिरहेको बताए ।

सुधारका पाटो खोज्ने क्रममा प्रविधिमैत्री वातावरण बनाउन आफू लागिपरेको बताउँदै प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिको प्रयोग गरेर अनियमिमता रोक्न सकिने विश्वास व्यक्त गरे ।

KFC Island Ad
NIC Asia

जुनसुकै जिल्लाबाट बकपत्र गर्न काठमाडौं नै आउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आफू प्रधानन्यायाधीश नियुक्त भएदेखि विशेष अदालत, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणमा भिडियो कन्फरेन्समार्फत बहस गर्न सक्ने प्रविधि स्थापना गर्ने प्रयास भइरहेको जानकारी दिए ।

कार्यक्रममा काठमाडौं जिल्ला अदालत बारका अध्यक्ष रामचन्द्र पौडेलले एकार्कालाई गालीगलौज गरेर न्यायपालिका सुध्रिने अवस्था नरहने भन्दै त्यसलाई कमजोर पार्ने काम कसैबाट पनि नगर्न आग्रह गरे ।

Royal Enfield Island Ad

विशेष अदालत बारका अध्यक्ष चूडामणि पौडेलले नेपाल बार एसोसिएसन के गर्दै छ र के गर्न जरुरी छ भनेर समीक्षा गर्न आवश्यक रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro