site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
४० वर्षदेखि बेपत्ता ताप्लेजुङका लिम्बू यसरी फर्किए घर

काठमाडौं । करिब ४० वर्षदेखि हराइरहेका ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ का अन्दाजी ६० वर्षीय धनबहादुर लिम्बू फेला परेका छन् । शनिबार उनलाई आफन्तको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, उनलाई भारतको सिक्किमस्थित अन्तर्राष्ट्रिय मानव परिषद् नामक संस्थाका प्रतिनिधिले करिब दुई महिनाअगाडि बेवारिसे अवस्थामा फेला पारेका थिए । त्यसपछि त्यहीँको पुनःस्थापना केन्द्रमा राखिएको नेपाली पक्षलाई जानकारी गराइएको थियो ।

नेपाल पक्षले सो संस्थासित समन्वय गर्‍यो । सोहीअनुसार संस्थाका प्रतिनिधिले शनिबार (आज) इलाका प्रहरी कार्यालय काँकडभिट्टामा ल्याएर उनको भतिज नाता पर्ने सिरीजंघा–३ का ४३ वर्षीय आइतराज लिम्बूलाई जिम्मा लगाएको झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनी हराएको यकिन मिति र कसरी भारत पुगे भन्नेबारे आफूहरूले विस्तृतमा सोधपुछ नगरेको प्रवक्ता रिजालले बताए ।

“हामीले धेरै कुरा सोधेनौँ । आफन्तले ४०/४५ वर्षअघि बेपत्ता भएको भनेका हुन्,” उनले बाह्रखरीसित भने, “कसरी भारत पुगे, के गरे भन्नेबारे हामीले बुझेनौँ, बुझ्नचाहिँ सकिन्छ ।”

उनका अनुसार, भारतीय पक्षबाट काँकडभिट्टास्थित नेपाली अधिकारीलाई धनबहादुरका बारेमा जानकारी गराइएको थियो । त्यसपछि सोधपुछ गर्ने क्रममा आफन्तले पहिचान गरेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  २१:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro