site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो, एमालेले दाबी गरिरहेको छ : पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिनामसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् ।

नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्ने तर गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताए ।

माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा शनिबार आयोजित कार्यक्रममा उनले भने, “राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो, तर जनताको अवस्थामा सुधार आएको छैन । जनताको जीवनस्तर सुधार गरेर जानुपर्छ । हामी त्यसमा लागिपरेका छौँ ।”

गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशिता, सामाजिक न्यायजस्ता विषय स्थापित गरेको तर आर्थिक समृद्धिको काम अझै बाँकी रहेको उनको कथन छ ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरू सरकार र नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको बताए ।

Global Ime bank

“अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्धिका क्षेत्रमा राम्रो काम गरेको छ,” उनले भने, “मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर, त्यसलाई पनि एमालेले दाबी गरिरहेको छ । नौवटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौडा पार्ने, लोडसेडिङ हटाउने काम माओवादीले गरेको हो ।”

पूर्वमन्त्री पुनले आफ्नो पार्टी भ्रष्टाचार, कालोबजारीविरुद्ध निर्मम रूपमा प्रस्तुत भएको समेत उल्लेख गरे । “यही पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दै छ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहकार फेर्छु, तर पछि हट्दिनँ, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नुभएको छ । पार्टीले उहाँलाई साथ दिएको छ,” सम्मेलनका सहभागीलाई प्रशिक्षण दिँदै नेता पुनले भने ।

चन्द्रागिरि–२ स्थानीय तह निर्वाचनमा माओवादी विजयी भएको वडा हो । माओवादीको रूपान्तरण अभियानका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

विगतको कमजोरी सुधार गर्दै माओवादी एक हुने बाटोमा अघि बढिरहेको नेता पुनले बताए । विगतका गल्ती महसुस गरेर माओवादी धारको एकताका निम्ति प्रयास भइरहेको उनको भनाइ छ ।

सम्मेलनबाट सुरेन्द्र तामाङको अध्यक्षतामा माओवादीको २९ सदस्यीय समिति गठन गरिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu