site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
व्यवस्थामा कुनै आँच आउन दिन्नँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार नेपाल उद्योग परिसंघ कोसी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले संविधानप्रदत्त भूमिका निष्ठापूर्वक पालना गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा कुनै आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले भने, “म तपाईंहरूलाई के विश्वास दिलाउन चाहन्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।”

उनले समाजवादउन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी–व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताए । अर्थतन्त्र सुधारका निम्ति सरकारले तर्जुमा गरेको रणनीति, निजी क्षेत्रको सहयोग, विदेशी मुद्रा सञ्चिति, विप्रेषण वृद्धिदरका साथै शोधानन्तर बचत सकारात्मक भए पनि सन्तुष्ट हुने स्थान नरहेको उल्लेख गरे । उनले अर्थतन्त्रको सुधारका निम्ति सरकार निरन्तर लागेको आफूले पाएको बताए ।

कार्यक्रममा कोसी प्रदेशका प्रमुख परशुराम खापुङले देश विकासमा निजी क्षेत्रको अहम् भूमिका हुने भएकाले राज्यले उनीहरूबाट सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी, प्रतिष्ठित उद्योगपतिलगायत २९ जनालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro