site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेखर कोइरालालाई दोस्रो वरीयतामा आसनग्रहण गराउनुपर्ने भन्दै फरक मत 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश कार्यसमितिमा नेता शेखर कोइरालाको वरीयतालाई लिएर विवाद भएको छ । 

पुस ५ र ६ गते जनकपुरमा हुन लागेको सम्मेलनमा नेता कोइरालालाई दोस्रो वरीयतामा आसनग्रहण गराउनुपर्ने भन्दै प्रदेश कार्यसमितका आठ नेताले फरक मत राखेका हुन् । 

Argakhachi Cement Island Ad

मधेस प्रदेशका वरिष्ठ नेता रामसरोज यादव लगायतले कोइरालालाई दोस्रो वरीयतामा राख्नुपर्ने माग गरेका छन् । 

“नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निर्वाचनमा प्रतिस्पर्धा गर्नुहुने नेताहरूलाई वरिष्ठतम् नेताको रूपमा दोस्रो वरीयतामा राखी सम्मान गर्ने ऐतिहासिक परम्परा विगत लामो समयदेखि रही आएको छ । त्यति मात्र होइन भर्खरै सम्पन्न नेपाली कांग्रेसको लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा समेत डा. शेखर कोइरालाज्यूलाई वरिष्ठ नेताको रूपमा केन्द्रीय सभापति शेरबहादुर देउवाज्यूपछि आसन ग्रहण गराएको उदाहरण सर्वविदित नै छ,” प्रदेश सभापतिलाई सम्बोधन गरिएको फरक मतमा भनिएको छ । 

तर, ती मान्यतालाई गुटगत मानसिकताबाट हेरिएको भन्दै कार्यसमिति बैठकमा फरक मत आएको हो । 

“यी सबै पार्टीका परम्परा र मूल्य मान्यताहरूलाई हठात् बेवास्ता गर्दै केवल गुटगत मानसिकताबाट मात्र अभिप्रेरित भएर सम्पूर्ण मधेस प्रदेशमा पार्टीकै सांगठनिक संरचनामा समेत “विग्रह ल्याउने गरी मनोमानी पूर्ण तवरवाट आसन ग्रहण गराउन लागिएको विषयप्रति हामी घोर आपत्ति जनाउँदै यस कार्यसमिति बैठकमा फरक मत राख्दछौँ,” उल्लेख छ ।

Madhes-1703067250.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्