site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : दुई हजार ४७ मतदाता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाताको नाम स्वीकृत गरेको हो । 

निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन् । प्रदेशसभा सदस्य ५४९ जना र स्थानीय तहका एक हजार ४९८ जना गरी कुल दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये एकजना निधन भएकाले ५४९ जना कायम गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी आठजनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको उनले बताए । 

पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने उनले बताए । 

Global Ime bank

पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार रहेको उनले बताए । आगामी फागुन २० गतेबाट रिक्त हुने २० पद मध्ये १९ पदमा निर्वाचन हुनेछ । एक पदमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय