site stats
बाह्रखरी :: Baahrakhari
विदेश
विदेशमा रहेका विद्रोही समूहप्रति गम्भीर चिन्ता रहेको मोदीको भनाइ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमा रहेका विद्रोही समूहको चिन्ता बढेको बताएका छन् । खालिस्तानी अभियानकर्ता ग्रुपतवन्त सिंह पन्नुनको अमेरिकामा भएको हत्या प्रयासमा भारतीय संलग्नताका सन्दर्भमा प्रतिक्रिया दिँदै मोदीले यस्तो टिप्पणी गरेका हुन् ।

भारतको पञ्जाबमा छुट्टै शिख राज्य हुनुपर्छ भन्ने माग गर्ने खालिस्तानी अभियान्ताहरुलाई भारतले ‘आतंकवादी’ घोषणा गरेको छ । ग्रुपतवन्त सिंह पन्नुन पृथकतावादी समूह शिख फर जस्टिस (एसएफजे)का सल्लाहकार हुन् ।

फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा मोदीले आफ्ना नागरिकले राम्रो वा नराम्रो कस्तो काम गर्यो भनेर हेर्न सरकार तयार रहेको र विधिको शासनमा आफ्नो प्रतिबद्धता रहेको बताएका छन् ।

‘विदेशमा रहेका केही विद्रोही समूहको गतिविधिको बारेमा’ भारत गम्भीर रहेको उनले बताएका छन् ।  मोदीले भने, “यस्ता तत्वहरु अभिव्यक्ति स्वतन्त्रताको आडमा धम्की र हिंसामा संलग्न छन् ।”

Global Ime bank

मोदीले भारत र अमेरिकाबीचको सम्बन्ध विश्वमा सबैभन्दा प्रभावकारी भएको बताएका छन् । यसको सुदृढीकरणका लागि बलियो द्विपक्षीय सहकार्य र स्थिर साझेदारी आवश्यक रहेको उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu