site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इलामको सुखद अन्त्य, अन्तिम खेलमा ललितपुरविरुद्ध १–० ले विजयी
Tiktok banner adTiktok banner ad

काठमाडौं । अन्तिम खेलमा ललितपुर सिटी एफसीविरुद्ध १–० को जित निकाल्दै स्पोर्टिङ इलाम डे मेची एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आफ्नो यात्रा टुंग्याएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इलामलाई जित दिलाउन फोडे कमाराले गरेको गोल निर्णायक बन्यो । कमाराले ५९औँ मिनेटमा गोल गर्दै इलामलाई अग्रता दिलाएका थिए । ललितपुरका रक्षक ओमोलाजा करिमको खुट्टाबाट बल खोस्दै कमाराले गोल गरेका थिए ।

जारी प्रतियोगितामा इलामको यो दोस्रो जित हो । इलामको अन्तिम–४ मा पुग्ने सम्भावना यसअघि नै समाप्त भइसकेको थियो । आठ खेलबाट आठ अंक जोडेको इलाम लिग तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । इलामले दोस्रो संस्करणका आठमध्ये दुईमा जित, दुईमा बराबरी र चार खेलमा हारको नतिजा आत्मसात् गर्‍यो ।

प्रतियोगितामा ललितपुरको भने यो पहिलो हार हो । हारपछि ललितपुरले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । ललितपुर यसअघि ६ खेलसम्म अपराजित थियो ।

तालिकाको तेस्रो स्थानमा रहेको ललितपुरको सात खेलबाट १० अंक छ । ललितपुरभन्दा अगाडि रहेका पोखरा थन्डर्स र धनगढी एफसीले समान ६ खेलबाट क्रमशः ११ र १२ अंक जोडेका छन् ।

गएको मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स प्रतियोगितामा सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro