site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेको बताइएको छ । प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उदयपुर सिमेन्टका अध्यक्ष केशवकुमार बस्नेत र हेटौँडा सिमेन्टका महाप्रबन्धक वसन्त पाण्डेले यस्तो बताएका हुन् ।

यी दुई उद्योग सञ्चालनका निम्ति दुई अर्ब रुपैयाँ लगानी थप गरी ‘मोडल’ परिवर्तन गर्न माग गरिएको छ । उदयपुर सिमेन्टमा अध्यक्ष बस्नेतले अहिलेकै अवस्थामा उद्योग नचल्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उदयपुर सिमेन्ट अपडेट गर्न सकिएन भने चलाउन सकिँदैन । अपडेट गर्न नेपाल सरकारको ध्यान जानुपर्‍यो,” उनले भने, “मन्त्रालयसँग ४० करोड रुपैयाँ मागेका छौँ । २५/३० करोड लगानी गर्न सकियो भने १० अर्बको सम्पत्ति बचाउन सक्छौँ ।”

यस्तै, हेटौँडा सिमेन्टका महाप्रबन्धक पाण्डेले सिमेन्ट उत्पादन गर्दा साढे दुई करोड मासिक विद्युत् महसुल तिर्नुपर्ने बताए । अहिले हेटौँडा सिमेन्टमा क्यान्सर लागेको जस्तो भएर सञ्चालन गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

Global Ime bank

अहिलेको अवस्थामा उद्योग नचल्ने उनले बताए । “अहिलेको मोडलले उद्योग चल्दैन, पुरानो टेक्नोलोजीले भयो । एक अर्ब ६० करोड रुपैयाँ उपलब्ध गराउने हो भने उद्योग चल्छ ।”

लगानी थपिएर पनि मोडल परिवर्तन गर्न नसके उद्योग बन्द हुने महाप्रबन्धक पाण्डेले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय