site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विवादकै बीच नागरिकता ऐन पारित भयो : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बाट नागरिकता ऐन पारित भएको बताएका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए ।

मंगलबार बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले छिमेकी देश भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे ।

“विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ,” उनले भने, “छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।”

देशको भूराजनीतिक स्थितिका कारण सबै अवस्था एकै र सहज हुन्छ भन्ने नभएको उनले स्पष्ट पारे । यी विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

“भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने गरेको छ । यसले राष्ट्रियतामा आशंकाहरू बढाउने गर्छन् । यो स्वाभाविक होला र यी विषयमा छलफल गर्नुपर्छ,” अध्यक्ष तिमिल्सिनाले भने, “देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन । यी विषयमा छलफल गर्नुपर्छ ।”

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro