site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाले नापोलीसँग खेल्ने, साविक विजेतालाई सहज प्रतिद्वन्द्वी

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनल प्रवेशका लागि स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीविरुद्ध खेल्ने भएको छ । सोमबार भएको ‘ड्र’अनुसार बार्सिलोनाले अन्तिम–१६ को खेलमा नापोलीलाई प्रतिद्वन्द्वी को रूपमा पाएको हो ।

यस्तै, एट्लेटिको मड्रिडले पनि क्वार्टरफाइनल प्रवेशका लागि बलियो इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानको सामना गर्ने भएको छ । सोमबार भएको ‘ड्र’ बाट साविक विजेता म्यानचेस्टर सिटीले तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी पाएको छ । सिटीले प्रि–क्वार्टरफाइनलमा कोपनहेगेनविरुद्ध खेल्नेछ ।

स्पेनिस क्लब रियाल मड्रिडले आरबी लाइपजिग र पेरिस सेन्ट जर्मन (पीएसजी) ले रियाल सोडिडाडविरुद्ध खेल्नेछ । प्रि–क्वार्टरफाइनलको पहिलो लेग फेब्रुअरी १३ देखि सुरु हुनेछ । यस्तै, सेकेन्ड लेग मार्च ५ देखि हुनेछन् ।

Argakhachi Cement Island Ad

अन्तिम–१६ ‘ड्र’

कोपेनहेगेनविरुद्ध म्यानचेस्टर सिटी,

पोर्टोविरुद्ध आर्सनल,

आरबी लाइपजिगविरुद्ध रियाल मड्रिड,

पीएसजीविरुद्ध रियाल सोडिडाड पीएसभीविरुद्ध बोरुसिया डर्टमन्ड,

इन्टर मिलानविरुद्ध एट्लेटिको मड्रिड, नापोलीविरुद्ध बार्सिलोना,

लाजियोविरुद्ध बायर्न म्युनिख

draw-1702904862.png

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्