site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माल्टा पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–२ का २६ वर्षीय पोसाक सुनुवार छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार (हिजो) बेलुका उनलाई काठमाडौंकै म्हैपीबाट नियन्त्रणमा लिएको हो । उनी म्हैपीमा बस्दै आएका थिए ।

उनले टेकबहादुर गुरुङलाई वैदेशिक रोजगारीका निम्ति माल्टा पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति नौ लाख ५० हजार रुपैयाँ लाग्ने भनेका थिए । माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रलोभनमा पारी ठगी गरेको खुलेको सो कार्यालयका सूचना अधिकारी एवं एसपी मिलन केसीले जानकारी दिए ।

‘पीडित’बाट पटक–पटक गरी तीन लाख ३० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएको एसपी केसीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

सुनुवारलाई थप अनुसन्धान र कारबाहीका निम्ति वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro