site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपवेस्ट चाहिँदैन, फोहोर व्यवस्थापन गर्न आफैँ सक्षम छौँ : काठमाडौं महानगर

कठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको फोहोर व्यवस्थापनमा महानगर आफैँ सक्षम रहेको जनाएको छ । महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा काम गरिरहेको नेपवेस्ट संस्था नभए त्यसको समस्या समाधान नै नहुने हो कि भन्ने कुरा गलत रहेको जनाएको हो ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापनका निम्ति महानगर आफैँ सक्षम भएको बताए । बन्चरेडाँडामा कुनै पनि फोहोरजन्य चिजबाट समस्या नहुने गरी विभिन्न क्लस्टरहरू निर्माण गरिसकेको जिकिर उनले गरे ।

उनले फोहोरजन्य चिजलाई दीर्घकालीन रूपमा न्यूनीकरण गर्नेतिर महानगरले काम गरिरहेको बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro