site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको गुरुङको दाबी
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको बताएका छन् । नेकपा एमालेको सन्देश यात्रामा आफूहरूले राजतन्त्र र नयाँ दलप्रति जनता आकर्षित नरहेको पाएको गुरुङले बताए । 

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले झुलाघाट–चिवाभञ्ज्याङ यात्राले जनता राजतन्त्र र नयाँ दलप्रति आकर्षित नरहेको पाएको बताए ।

उनले एमालेप्रति जनताको आकर्षण रहेको दाबी गरे । गुरुङले एमाले पुरानो पार्टी भयो भन्नेहरूलाई यात्राबाटै जनताले जवाफ दिएको बताए । 

राजनीतिक रुपले मध्य पहाड क्षेत्र धेरै उर्वर रहेको आफूहरूले पाएको पनि बताए । 

वर्तमान सरकारले विकास निर्माणका कुनै काम अघि बढाउन नसकेको बताए ।

एमाले पहिचानबिरोधी नभएको भन्दै उनले भने, “एमाले पहिचान बिरोधी पार्टी होइन । पहिचान बिरोधी भएको भए निर्वाचन प्रणाली किन समावेशी राख्थ्यौँ । समानुपातिक समावेशी भनेर राखेका छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro