site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत र श्रीलंकाका विदेशमन्त्री नेपाल आउँदै 
SkywellSkywell

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

नेपाल–भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ । बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ ।

यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu