अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार ८०० रुपैयाँ बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन तोलाको एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर कारोबार भएको हो । चाँदी तोलाको एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ११:३५
प्रतिक्रिया दिनुहोस्