site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउनेमा अध्यागमन अधिकृतदेखि प्रहरीसम्म 

काठमाडौं । प्रहरीले नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहलाई पक्राउ गरेको छ । 

विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । 

बुधबार पत्रकार सम्मेलन गरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनका अनुसार नक्कली कागजात बनाइ भिजिट भिसामा विदेश जाने प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरू ११ जना रहेका छन् । 

९ जनाको संगठित अपराधमा अनुसन्धान भइरहेको र लिखतसम्बन्धी कसुरमा १२ जनाको अनुसन्धान भइरहेको जानकारी दिए । आठजना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले आजमात्रै थप तीनजनालाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए । 

प्रहरी नायव उपरीक्षक गोविन्द पन्थीका अनुसार पक्राउ पर्ने ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल रहेका छन् । 

त्यस्तै, एडभान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन् । अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका कर्मचारी अरवीन यादव र होम पोखरेल समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कागजात मिलाएबापत ट्राभल्स कम्पनीहरूले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेको खुलेको छ । अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका)हरूको हकमा भने ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro