site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भरतपुर अस्पतालमा ‘बर्थिङ स्विट्स रुम’ सेवा सुरु

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा प्रसूति सेवाका लागि पाँचवटा ‘बर्थिङ स्विट्स रुम’को सेवा सुरु भएको छ । पाँचवटा ‘बर्थिङ स्विट्स रुम’को सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले उद्घाटन गरेका छन् ।

प्राकृतिकरूपमा शिशुलाई जन्मदिने सुविधासम्पन्न बर्थिङ युनिट थप गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । एक करोड रुपैयाँ लागतमा नयाँ युनिट थप गरिएको उनले बताए ।

बच्चा जन्माउँदा 'स्विट्स रुम'मा पति वा नजिकको अभिभावकसँगै रहने व्यवस्था गरिएको छ । प्रसूतिको समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने भएकाले विकसित मुलुकहरूको अभ्यासलाई नेपालमा प्रयोगमा ल्याउन लागिएको अस्पतालले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro