site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्थतन्त्रमा दबाब कायम छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् । 

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्र निकै ठूलो दबाबमा रहेको भन्दै सरकारले लगातार रूपमा सुधारको प्रयास गरिरहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सुधारको प्रयासकै क्रममा राष्ट्र बैंकबाट मौद्रिक नीतिको समीक्षामार्फत भएका नीतिगत र व्यवहारिक निर्णयले अर्थतन्त्रमा सहजीकरण गर्ने भएपनि अर्थतन्त्र अझै दबाबमा रहेको दाबी गरे । सरकारले राजनीतिक दलका नेता, निजी क्षेत्र र अर्थतन्त्रका विज्ञहरूसँग छलफल गरेर अर्थतन्त्र सुधारको लागि दिएको निर्देशनको आधारमा राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउने, लघुवित्तका ऋणहरू र व्यवसायीको ऋण फिर्ता गर्ने समय अवधि थप गरेको दाबी गरे ।

उनले सरकारले निजी क्षेत्रको मागअनुसार नीतिगत सुधार गरेको भन्दै निजी क्षेत्र सुखी भएको उल्लेख गरे । उनले राष्ट्र बैंकले नीतिगत रूपमा गरेको सुधारबाट निजी क्षेत्रले सकारात्मक भएपनि देशको अर्थतन्त्र माथिको दबाब कायमै रहेको जिकिर गरे । 

Global Ime bank

अर्थतन्त्रको तथ्यांक हेर्दा सुधार भएको देखिएपनि वास्तविकतामा अर्थतन्त्रमा दबाब अझै रहेको बताए । रेमिट्यान्स, राजस्व, विदेशी मुद्राको सञ्चिति वृद्धि र पर्यटन आगमन बढे पनि अर्थतन्त्रको वास्तविक रूपमा हेर्दा जनतामा उत्साह र आशा जाग्न समेत नसकेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय