site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनापछिकै सर्वाधिक मूल्यको सेयर कारोबार

काठमाडौं । झन्डै साढे पाँच महिनापछि सोमबार करिब पाँच अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । गएको असार १७ गते पाँच अर्ब आठ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज चार अर्ब ८४ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

असार १७ पछि साउन ८ गते चार अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसको अघिल्लो दिन साउन ७ गते चार अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

सोमबार बजार १५.४० अंकले घटेको छ । आइतबार ६ प्रतिशतले बढेपछि बजार बन्द भएको थियो । यसरी सकारात्मक सर्किट लाग्दा बजार लगातार दुई दिन घट्ने गरेको छ । नकारात्मक सर्किट लागेको भोलिपल्ट भने बजार बढेको तथ्यांक छ ।

यस दिन नेप्से ०.७८ प्रतिशतले घटेर १९४८.५७ अंकमा बन्द भएको छ । ३०३ धितोपत्रका एक करोड ४६ लाख ९८ हजार ५१७  कित्ता खरिद–बिक्री भएको छ । कुल बजार पुँजीकरण ३० खर्ब चार अर्ब ५० करोड रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro