site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणलाई अधिकारीको जवाफ– हवाई सेफ्टीमा राम्रो काम गरेको छु 
युवराज अधिकारी । फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हवाई सेफ्टी/सेक्युरिटीमा आफूले राम्रो काम गरेको स्पष्टीकरण दिएका छन् । गएको शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई सातदिने स्पष्टीकरण सोधेको थियो ।

प्राधिकरणको स्पष्टीकरणपत्रमा उल्लेख थियो– अडिटका क्रममा उठाएका विषयवस्तु र दिएको निर्देशन पालना नगरेको र अन्य निकायले अडिटमा उठाएको विषयमा पनि निगमले सुधारको काम नगरेपछि अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?

अध्यक्ष अधिकारीले सोको जवाफ आइतबार प्राधिकरणलाई बुझाएका हुन् । उक्त पत्र अध्ययन गरेर थप प्रक्रिया अघि बढाइने प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

“म अकाउन्टेबल म्यानेजर भएर सेफ्टी/सेक्युरिटीमा राम्रोे गरेको छु भन्ने जवाफ आएको छ । त्यो जवाफ चित्तबुझ्दो छ वा छैन अध्ययन हुन्छ । त्यसपछि थप प्रक्रिया अघि बढ्छ,” भुलले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro