site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गुप्तचरकै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले हाल्यो मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत (गुप्तचर) माधव बस्नेतविरुद्ध मुद्दा दायर गरेको छ । 

उनले शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

Dabur Nepal
NIC Asia

सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । 

अनुसन्धान हुँदा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ । 

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले उनको उक्त कार्य भ्रष्टाचारसँग जोडिएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro