site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली सेनाको आक्रमणमा रोयटर्सका पत्रकार मारिए, ६ जना घाइते
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायली ट्यांकका चालकले गत अक्टोबर १३ मा लेबनानमा रोयटर्सका एक पत्रकारको हत्या गरेको खुलेको छ ।

उक्त ट्यांकबाट दुईवटा गोली प्रहार भएको र त्यसक्रममा थप ६ जना पत्रकार घाइते भएको बताइएको छ ।

दुई हमलामा रोयटर्सका भिजुअल पत्रकार ३७ वर्षीय इसाम अब्दल्लाह मारिएको र एजेन्सी फ्रान्स प्रेस (एएफपी)की २८ वर्षीय फोटोग्राफर क्रिस्टिना एसी गम्भीर घाइते भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो घटना इजरायली सीमाबाट एक किलोमिटर टाढा लेबनानको अल्मा अल चाब गाउँमा भएको बताइएको छ ।

रोयटर्सले यस विषयमा ३० भन्दा बढी सरकारी र सुरक्षा अधिकारी, सैन्य विशेषज्ञ, फोरेन्सिक अन्वेषक, वकिल, चिकित्सक र साक्षीहरूसँग घटनाको विस्तृत विवरणका लागि कुरा गरेको बताएको छ ।

Global Ime bank

उक्त क्षेत्रका आठ मिडिया आउटलेटबाट घन्टौँ लामो भिडियो फुटेज र आक्रमण अघि र पछिका सयौँ तस्बिर एवं हाइ रिजोल्युसनका स्याटेलाइट तस्बिरको समेत समीक्षा गरेको रोयर्टसले जनाएको छ ।

रोयटर्सले अनुसन्धानकै लागि घटनास्थलबाट जमिनमा र रोयटर्सको कारमा गाडिएको छर्रा, तीन वटा ज्याकेट, क्यामेरा, ट्राइपड र धातुको ठूलो टुक्रा पनि संकलन गरेको बताएको छ ।

सोही क्रममा इजरायली पक्षले अल जजिराको कार पनि ध्वस्त पारेको थियो ।

हमासले अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले जवाफी आक्रमण थालेको थियो । सोही क्रममा लेबनानको सीमानजिक हिजबुल्लाह लडाकुसँगको झडपमा इजरायली सेना थियो । त्यसैको कभर गर्न गएका पत्रकारमाथि इजरायली सेनाले घातक हमला गरेको थियो ।

त्यसपछि लेबनानी प्रसारक अल मायादीनका दुई पत्रकारलाई समेत नोभेम्बर २१ मा इजरायली सेनाले मारेको थियो ।

आक्रमण पछिका दिनहरूमा इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको भनेको थियो । तर, सेनाले कुनै निष्कर्ष सार्वजनिक नगरेको रोयटर्सले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय