अर्थ व्यवसाय
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीन कम्पनीले आवेदन दिएका छन् ।
निगमले तीनवटा जहाज खरिद गर्न आह्वान गरेको टेन्डरमा तीनवटा कम्पनीको आवेदन परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार लेट ४१०, डोर्नियर र ट्विनअटर गरी तीन वटा जहाज उत्पादक कम्पनीको आवेदन दिएका छन् । निगमले तीन स्लट रुट जहाज खरिदको लागि गत कात्तिक ५ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दै टेन्डर आह्वान गरेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १९:२४
प्रतिक्रिया दिनुहोस्