देश
काठमाडौं । भारतीय आधार कार्ड बनाएर नेपाली नागरिकलाई क्यासिनो खेलाउने गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा मेलुङका ४७ वर्षीय गोबिन्द खड्का, ओखलढुंगाको रातोमाटेका ३९ वर्षीय नविन राई र रूपन्देहीको तिलोत्तमाका २५ वर्षीय विनोद न्यौपाने रहेका छन् ।
उनीहरूले काठमाडौं उपत्यकाभित्र भएका क्यासिनोहरूमा प्रवेश गराएर खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाउने गरेको प्रहरीको भनाइ छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्