site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एन्टिबायोटिकको प्रयोगमा सरकारको कडाइ, सिफारिसबिना बिक्री गरे कारबाही

काठमाडौं । पछिल्लो समय एन्टिबोयोटिकको दुरुपयोग विश्वव्यापीरूपमा जनस्वास्थ्य समस्याका रूपमा देखिरहेको छ । नेपालमा एन्टिबोयोटिकको दुरुपयोग न्यूनीकरणका लागि सरकारले प्रयोगमा कडाइ गरेको छ । 

औषधी व्यवस्था विभागले चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक (समूह 'क' र 'ख') का औषधी बिक्री वितरण गरे कारबाही हुने चेतावनी नै दिएको छ । औषधी पसल (फार्मेसी)हरूको अनुगमनका क्रममा चिकित्सकको सिफारिसबिनै एन्टिबायोटिक बिक्री भइरहेको पाइएपछि विभागले कडाइ गरेको हो । विभागले फार्मेसी सञ्चालकलाई आगामी दिनमा चिकित्सकको सिफारिसबिना एन्टिबायोटिक प्रयोग नगर्न भनेको छ ।

विभागले सर्वसाधारणलाई पनि चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्न आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

जथाभाबी एन्टिबायोटिक प्रयोग गर्दा शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतामा असर पर्छ । कतिपय अवस्थामा औषधीले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएका छन् ।

औषधी ऐन, २०३५ को दफा १७ मा समूह 'क' र 'ख' का एन्टिबायोटिक औषधीलाई  चिकित्सको सिफारिसबिना बिक्री वितरण गर्न नहुने भनी वर्गीकृत गरिएको छ । 

बिरामीलाई दिनेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधी सिफारिस गर्छन् चिकित्सक

चिकित्सकले बिरामीलाई दिनेमध्ये एक तिहाइ एन्टिबायोटिक औषधी सिफारिस गर्ने गरेको अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा यस्तो तथ्यांक देखिएको हो । 

चिकित्सकले सिफारिस गरेका औषधीमध्ये ३८ प्रतिशत अर्थात् एक तिहाइ औषधी एन्टिबायोटिक हुने गरेको अध्ययन प्रतिवेदनमा देखिएको छ । त्यस्तै, ८५ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिबायोटिक औषधी सिफारिस गर्दा जेनेरिक नाम उल्लेख नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । 

यसलाई परिषद्ले एन्टिबायोटिक औषधीको जथाभाबी सिफारिसको रूपमा व्याख्या गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एन्टिबायोटिकलाई पहिलो नम्बरमा एक्सेस, दोस्रोमा वाच र तेस्रो रिजर्भ गरी तीनवटा समूहमा वर्गीकरण गरेको छ ।

डब्लूएचओको मापदण्डमा एन्टिबायोटिक औषधीको समग्र प्रयोगमा ६० प्रतिशत एक्सेस ग्रुपको हुनपर्छ । तर, नेपालमा भने एक्सेस ग्रुपको प्रयोग ३० प्रतिशत, वाच ग्रुपको औषधीको प्रयोग ७० प्रतिशतभन्दा बढी र रिजर्भ ग्रुपको औषधीको प्रयोग एक प्रतिशतभन्दा कम देखिएको परिषद्का सदस्या सचिव डा. प्रदीप ज्ञवालीले बताए । 

अध्ययनमा डाक्टर, स्वास्थ्यकर्मी, बिरामी, भेटेरिनियन, पोल्ट्री फार्ममा आबद्ध कृषकहरू गरी ९ हजार ७२ जनालाई सहभागी गराइएको थियो ।

एन्टिबायोटिक औषधीको नकारात्मक असर न्यूनीकरण गर्न औषधी व्यवस्था विभागले यसको प्रयोगमा कडाइ गरेको हो । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका प्रतिजैविक औषधी र समिश्रणहरूलाई रोक लगाइएको छ ।

नेपाली उद्योगले अब ती औषधीहरू उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न समेत नपाउने विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताए । 

१०३ प्रकारका औषधी दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री वितरणका लागि लाइसेन्स नदिने विभागको नीति छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro