site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयकको प्राथमिकताक्रम निर्धारण गरी सूची पठाउन मन्त्रालयको अनुरोध

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रालयहरूलाई विधेयकको प्राथमिकताक्रम निर्धारण गरी सोको सूची यथाशीघ्र कानुन मन्त्रालयमा पठाउन अनुरोध गरेको छ । 

कानुनमन्त्री धनराज गुरूङले मंगलबार परिपत्र गर्दै संसद्को आगामी अधिवेशनमा पेस गरिने विधेयकको प्राथमिकताको सूची एकीकृतरूपमा तयार गर्नुपर्ने र समयमा नै आवश्यक कानुन निर्माण गर्ने प्रणालीको विकास गर्न आवश्यक देखिएकाले सूची पठाउन अनुरोध गरिएको उल्लेख गरेका छन् । 

Argakhachi Cement Island Ad

“...त्यस मन्त्रालयको प्राथमिकताक्रम बमोजिम विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार (कार्य सम्पादन) नियमावली, २०६४ बमोजिम तर्जुमा सहमतिको लागि यथाशीघ्र यस मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गर्दछु । साथै, विधेयक तर्जुमाको लागि यस मन्त्रालयको सहयोग आवश्यक भएमा त्यस्तो सहयोग उपलब्ध गराउन सकिने व्यहोरा समेत अनुरोध गर्दछु,” मन्त्री गुरूङले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ । 

पत्रमार्फत मन्त्रालयले राष्ट्रियसभाका समितिहरूले संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने कानुनको पहिचान गरी कानुन निर्माणको प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको भन्दै कानुन मन्त्रालयले कार्तिक १४ मा सबै मन्त्रालयलाई पत्राचार गरिएको समेत स्मरण गराएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १६:४९
प्रतिक्रिया दिनुहोस्