site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईएमबी बैंकका सहायक म्यानेजरमाथि दुर्गा प्रसाईं समर्थकले गरे अभद्र व्यवहार

काठमाडौं । झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् ।

लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर एक चिया पसल पुर्‍याएका थिए ।

त्यहाँबाट समेत उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए । सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । 

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

“अहिले छलफल भइरहेको छ । हामीले घटनाबारे समेत बुझिराखेका छौँ । विवाद के कारणले भएको हो, जबरजस्ती गर्न खोजिएको हो कि छलफल मात्रै हो,” डीआईजी बास्तोलाले भने । 

बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro