site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति र संस्थाहरूलाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस, २०८० का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा १६ संस्था एवं व्यक्तिलाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानी रहेका कम्पनी छन् । १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् ।

परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । १४ मध्ये ११ नेपाल उद्योग परिसंघका सदस्यहरू छन् ।

आर्थिक वर्ष २०७८/७९ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने एसियन पेन्ट्स प्रालि, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओसीबी फुड्स एन्ड फिड्स प्रालि.लाई परिसंघले सम्मान गरेको हो ।

यस्तै, सहकारी तथा लघुवित्तको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेड, बिमा व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रालिलाई परिसंघले सम्मान गरेको छ ।

यसैगरी, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी कर तिर्ने भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने भोटेकोसी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी कर तिर्ने आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने र आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने सूर्य नेपाल प्रालिलाई परिसंघले सम्मान गरेको छ ।

आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्र नभएर राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro