site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल एयरलाइन्स भन्छ– हाम्रो भ्रमपूर्ण प्रचार भयो, कमजोरी प्राधिकरणको हो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका कारण युरोपियन युनियन (ईयू)ले नेपाललाई कालोसूचीबाट नहटाएको बताएको छ ।

आइतबार एक विज्ञप्तिमार्फत नेपाल एयरलाइन्सले आफ्नो कमजोरीका कारण ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको दाबीसहित आएका समाचारको खण्डन गर्दै प्राधिरकणको कमजोरी रहेको बताएको हो ।

ईयूले पठाएको पत्रमा स्पष्ट रूपमा प्राधिकरणका कारण कालोसूचीबाट नहटाइएको उल्लेख गरिए पनि नेपाल एयरलाइन्सलाई आरोप लगाएर भ्रम सिर्जना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

“युरोपियन युनियन (ईयू)बाट बाट २९ नोभेम्बर २०२३ मा क्यानका महानिर्देशकलाई सम्बोधन गरी बेल्जियमका लागि नेपाली राजदूत महामहिमज्यूलाई बोधार्थ दिई पठाइएको पत्रमा ईयूले नेपाललाई ईयू सेफ्टी लिस्टबाट नहटाउनुको कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागु गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकाले भनी स्पष्टसँग उल्लेख गर्दागर्दै पनि नेपाल वायुसेवा निगमको कमजोरीका कारण नेपाललाई ईयूले सेफ्टीबाट नहटाएको भनी भ्रमपूर्ण प्रचारबाजी भएको पाइएकाले उक्त समाचारहरूबाट आमजनमानसमा सिर्जना भएको भ्रम निवारण तथा यथार्थ जानकारी दिनका लागि सत्य तथ्य प्रमाणसहित यो प्रेस विज्ञप्ति जारी गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro