site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आजियटाको एनसेल सेयर बिक्री प्रकरणमा लेखा समितिले सोध्यो नौ प्रश्न (पत्रसहित)

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट आजियटा बाहिरिने क्रममा भएको सेयर खरिद–बिक्री प्रक्रियाका विषयमा नौबुँदे स्पष्टीकरण सोधेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई सोधिएको स्पष्टीकरणमा एनसेलको सेयर बिक्री नियमसंगत भए÷नभएको, त्यसले नेपालको राजस्व र आयमा के÷कस्तो असर गर्छ भन्ने स्पष्ट पार्न भनिएको छ ।

समितिले त्यसको अनुसन्धान र विश्लेषण गरी 'चाँडोभन्दा चाँडो जवाफ पठाउनू' भनेको छ ।

“आजियटाले बिक्री गरेको सेयरको खरिद–बिक्री प्रक्रिया नियमसंगत हो कि होइन ? यस्तो खरिद–बिक्रीले सेवा प्रवाहमा के कस्तो असर पार्छ ? राजस्व र आयमा के कस्तो प्रभार र असर गर्छ ?,” सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणलाई सोेधेको विषय बाह्रखरीसँग बताए ।

उनले नियमविपरीत भएको भन्ने विषयलाई सार्वजनिक लेखा समितिले गम्भीर रूपमा लिएको र नियामक निकायसँग यथार्थ बुझ्न पत्राचार गरिएको जानकारी दिए ।

उनका अनुसार, हक हस्तान्तरण सम्बन्धमा भए गरेका काम–कारबाहीको अध्ययन र विश्लेषण गरी तथ्यपूर्ण विवरण यथाशीघ्र उपलब्ध गराउन भनिएको छ ।

सभापति पोखरेलको निर्देशनमा समितिका तर्फबाट सचिवालयले पत्राचार गरेको हो । समितिबाट पठाइएको स्पष्टीकरणपत्रमा राज्यलाई तिर्न बाँकी एनसेलको दायित्व, ऊसँग रहेको बेरुजु, नियमित रूपमा तिर्नुपर्ने अन्य शुल्क के हुने भन्ने विषय पनि उल्लेख छ ।

त्यसबाहेक पत्रमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण र दायित्व कसले निर्वाह गर्ने भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख छ ।

ncell-1701604691.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro