site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँग जनताका अपेक्षा बुझ्न संकल्पयात्रा : ओली
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ‘संकल्पयात्रा’मा मध्यपहाडी भूभागमा कसरी विकास गर्न सकिन्छ भन्ने अध्ययन गरिने बताएका छन् ।

बिहीबार बैतडीको झुलाघाटमा मध्यपहाडी लोकमार्गकेन्द्रित पदयात्रा अभियानको सुरुआत गर्दै उनले सो क्रममा जनताका समस्या सुनिने बताए ।

Dabur Nepal
NIC Asia

“मध्यपहाडी भूभागमा विकासका सम्भावना कस्ता छन् ? यहाँको जनशक्ति, युवाहरूलाई कसरी यहाँ टिकाउन सकिन्छ ? उच्चस्तरीय, गुणस्तरीय शिक्षा, उपयुक्त स्वास्थ्य, रोजगारीका अवसरहरू, उत्पादनले बजार पाउने कुरा, सीप विकास तालिमलगायत कुन–कुन ठाउँको विकास कसरी हुन्छ भन्ने अध्ययन गर्ने । त्यसका लागि हामी जनतासँग सघन संवादमा छौँ,” उनले भने ।

उनले जनताले भोगिरहेका समस्या र एमालेप्रतिको अपेक्षा बुझिने पनि बताए ।

“जनताले भोगिरहेका समस्या कस्ता छन् ? तीनको समाधानमा जनताको अपेक्षा के छ ? खासगरी एमाले देश र जनताका लागि समर्पित छ, यस पार्टी, नेता–कार्यकर्ताहरूसँग जनताका अपेक्षा के छन् ? नेता–कार्यकर्ताहरूले कसरी काम गरून् भन्ने जनताको अपेक्षा छ ? ती सबै कुराहरूलाई हेर्न बुझ्न,” ओलीले भने ।

उनले सरकारको अकर्मण्यता, अस्थिर राजनीतिलाई सही ‘ट्रयाक’मा ल्याउन संकल्पयात्रा गरिएको बताए ।

आजदेखि सुरु सो यात्रा आउँदो पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुने उनले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro