site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभाले पारित गर्‍यो चालु आर्थिक वर्षको बजेट

विराटनगर । कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रदेशसभाको आजको बैठकले बजेट पास गरेको हो ।

यसअघि, अध्यादेशमार्फत एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याएका थिए । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयधमार्फत संशोधनसहित पारित भएको हो ।

चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस भएको थियो । यो अघिल्लो सरकारले ल्याएको बजेटभन्दा बजेट ५० करोड बढी हो ।

बजेटसम्बन्धी विनियोजन अध्यादेश प्रतिस्थापन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेस गरेका थिए । त्यसमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाबारे मंगलबार मुख्यमन्त्री कार्कीले जवाफ दिए ।

कार्कीले खर्च कटौतीसम्बन्धी आएको प्रस्तावमा आफ्नो सम्मान रहेको बताउँदै भने, “छुट भएका कार्यक्रमलाई समावेश गरेर अघि बढ्न सरकार तयार छ ।”

विनियोजनसम्बन्धी विधेयकमा उल्लेखित कार्यक्रमबाट खर्च कटौती गर्न एमालेका ६ र राप्रपाका दुईजना गरी जम्मा आठजना सांसदले खर्च कटौतीको प्रस्ताव गरेका थिए । त्यसको औचित्यबारे बुधबार बसेको प्रदेशसभा बैठकमा सांसदले त्यसबारे आफ्नो धारणा राखेका छन् ।

खर्च प्रस्तावबारे प्रमुख विपक्षी नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारले सांसदहरुबाट छनोट भएका धेरै कार्यक्रमहरु कटौती गरेको भन्दै त्यसमा पुनर्विचार गर्नुपर्ने बताए ।

खर्च कटौती प्रस्ताव गरेका सांसदहरुले बिनायोजना बजेटबाट कार्यक्रम हटाइँदा त्यसको सन्देश नकारात्मक रुपमा गएको बताएका थिए । एमालेका तर्फबाट राखिएको प्रस्ताव सांसदहरुले फिर्ता लिएका थिए ।

बुधबार बसेको प्रदेशसभा बैठकबाट स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा दफावार छलफलका लागि पठाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro