site stats
बाह्रखरी :: Baahrakhari
खेल
मुख्य प्रशिक्षक द्रविड र बीसीसीआईबीचको सम्झौता नवीकरण

काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले पुरुष राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक राहुल द्रविडसँगको सम्झौता थप गरेको छ ।

बीसीसीआईले बुधबार सामाजिक सञ्जालमार्फत मुख्य प्रशिक्षक द्रविड सम्झौता थपका लागि सहमत भएको जनाएको हो ।

यसअघि, द्रविड र बीसीसीआईबीच आईसीसी एकदिवसीय विश्वकप–२०२३ सम्मको सम्झौता थियो । सम्झौता थप भए पनि कति समयका लागि नवीकरण भएको भन्नेबारे भने बीसीसीआईले खुलाएको छैन ।

द्रविडको प्रशिक्षणमा यसै वर्ष भारतमै भएको विश्वकपमा घरेलु टिमले फाइनलसम्मको यात्रा तय गरेको थियो । अपराजित रहँदै फाइनलसम्मको यात्रा तय गरे पनि घरेलु टिम उपाधि भिडन्तमा भने अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu