site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले भन्यो– सबै बन्दी हामीसँग छैनन्

काठमाडौं । हमासले सबै बन्दीहरू आफूसँग नभएको दाबी गरेको छ । केही बन्दीहरू हमासजस्तै अरू समूहसँग रहेको हमासको उच्च स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कतारस्थित हमासको उच्च स्रोतका अनुसार केही बन्दीहरू प्यालेस्टिनियन इस्लामिक जिहादसहित अरू ससाना समूहसँग रहेको बीबीसीको दाबी छ । अरू समूहसँग रहेका बन्दीहरूमध्ये २० जनालाई भेटाउन सफल भएको हमासले जनाएको छ । जसध्ये आज १० जनालाई छाड्ने हमासको तयारी छ ।

चारदिने युद्धविरामपछि थप दुई दिनका लागि युद्धविराम गरिएको छ । 

हमासले हालसम्म ६९ जना बन्दीलाई छाडिसकेको छ । उता इजरायलले १५० बन्दी छाडेको छ ।

हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ । उनी अक्टोर ७ मा हमासले गरेको आक्रमणपछि सम्पर्कविहीन भएका थिए । तर, केही दिनअघि गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेज सार्वजनिक गर्दै इजरायली सेनाले त्यसमा देखिएकामध्ये एकजना नेपाली नागरिक रहेको बताएको थियो । तर, थप विवरण सार्वजनिक भएको छैन ।

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro