site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमासले तेस्रो दिन पनि नेपालका विपिनलाई रिहा गरेन, कुन देशका कति छुटे ?

काठमाडौं । हमासले तेस्रो दिन पनि नेपालका विपिन जोशीलाई नछाडेको पुष्टि भएको छ । नेपाल सरकारले विपिन हमासकै नियन्त्रणमा रहेको बताउँदै आएको छ । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको छ ।

गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका थिए ।

तर, चारदिने युद्धविरामको तेस्रो दिन पनि उनी छुटेनन् । आज हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको बताएको बीबीसीले उल्लेख गरेको छ ।

पहिलो दिन हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । 

दोस्रो दिन हमासले इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । इजरायलले ३९ जना प्यालेस्टाइनीलाई ‍छाडेको थियो । 

हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले चारदिने युद्धविरामलाई लम्ब्याउन सकिने आशा गरेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro