site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोड्रिगोले भने– मेसीसँगको भनाभनपछि सामाजिक सञ्जालमा रंगभेदी व्यवहार भयो

काठमाडौं । ब्राजिलका फरवार्ड रोड्रिगोले अर्जेन्टिनी कप्तान लियोनल मेसीसँग भनाभन भएपछि आफूलाई सामाजिक सञ्जालमा रंगभेदी व्यवहार भएको बताएका छन् ।

फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा बुधबार ब्राजिल र अर्जेन्टिना बीचको खेल हुँदा मेसी र रोड्रिगो भनाभन गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

रियो दी जेनेरियोस्थित माराकाना रंगशालामा हिंस्रक बनेको यी दुई टिम बीचको उक्त खेलमा समर्थक र प्रहरीबीच कुटाकुट समेत भएको थियो । यही झडपका कारण करिब ३० मिनेटपछि सुरु भएको खेल अर्जेन्टिनाले १–० ले आफ्नो पक्षमा पारेको थियो ।

रोड्रिगोले उक्त खेलपछि सामाजिक सञ्जालमा आफूलाई बाँदर र केराको इमोजी आइरहेको बताएका हुन् ।

“सामाजिक सञ्जालमा ममाथि बेइज्जतपूर्ण आक्रमण भएको छ । यदि हामीले उनीहरूले चाहेको कुरा गरेनौं, उनीहरूले सोचे जस्तो व्यवहार गर्दैनौं, रिस उठाउने वस्तु लगाएका छौँ, हामीमाथि आक्रमण गर्दा आफ्नो टाउको झुकाएनौं र उनीहरूले सोच्ने ठाउँहरू ओगट्यौं भने, रंगभेदीहरूले आपराधिक व्यवहार गर्नेछन्,” रोड्रिगोले भने ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro