देश

काठमाडौं । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहीबार आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
यस्तै, नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गर्न लागेको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम छन् ।
थप तस्बिर हेर्नोस्–
तस्बिरहरू : बाह्रखरी ।
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८० १०:२३
प्रतिक्रिया दिनुहोस्