राजनीति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुने पदका लागि हुन लागेको निर्वाचनमा नयाँ मतभार तोकेको छ ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यहरूको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
आयोगका अनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार १९ कायम हुनेछ । यसअघि प्रदेशसभाको ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ थियो ।
२०७८ को जनगणनाको नतिजा सार्वजनिक भएसँगै आयोगले सोहीअनुसार मतभार कायम गरेको जनाएको छ । अब हुने निर्वाचनमा नयाँ मतभार अनुसार मतगणना हुनेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८० १५:१५
प्रतिक्रिया दिनुहोस्