site stats
बाह्रखरी :: Baahrakhari
देश
जुत्तामा ‘आचार्य’ लेख्नेविरुद्ध साइबर ब्युरोमा उजुरी, थरकै अपमान गरेको गुनासो

​काठमाडौं । जुत्तामा ‘आचार्य’ लेखिएको लोगो राखेको विरोधमा प्रहरीमा उजुरी परेको छ । सोमबार आचार्य बन्धु समाजले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएको हो ।

उजुरीमा चेरी स्निकर्स डटकमबाट फेसबुसहितका सामाजिक सञ्चालनमा जुत्ताको डिजाइन सार्वजनिक भएको उल्लेख छ । जसले आफूहरूको सामाजिकरूपम बेइज्जत भएको भनिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उजुरीमा 'आचार्य' थरप्रति नै अपमानजनक कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्न माग गरिएको छ । 

Acharya-Bandhu-Samaj-1-(1)-1700499443.png

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्