अर्थ व्यवसाय
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठक अब वर्षमा ६ पटक बसे पुग्ने भएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० मार्फत नेपाल राष्ट्र बैंकले सञ्चालक समितिको बैठक दुई–दुई महिनामा बस्नुपर्ने व्यवस्था गरेको हो ।
यसअघि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ अनुसार समितिको बैठक वर्षमा कम्तीमा १२ पटक बस्नुपर्ने व्यवस्था थियो । तर, अब एउटा बैठक बसेको दुई महिनापछि अर्काे बैठक बसे पुग्ने भएको छ ।
त्यस्तै, सञ्चालक समितिले कम्तीमा वर्षको एकपटक जोखिम व्यवस्थापनका लागि कार्यान्वयनमा ल्याएको आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन मापदण्डको समीक्षा गर्नुपर्ने छ । यसअघि समय अवधि तोकिएको थिएन ।
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८० २२:१३
प्रतिक्रिया दिनुहोस्