site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाली चलचित्रलाई लिएर सधैँ शोजको रडाको
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘चलचित्र प्रकाशको रिलिजका बेला पनि यही मुद्दा हामीले उठाएका थियौँ । त्यो बेला प्रकाश चलचित्रको निजी मामला सोचेर पूरै चलचित्र उद्योग चुप बस्यो । त्यो लडाईं हाम्रो निजी मात्र थिएन । आज दिमाग खराब चलचित्रले फेरि यही मुद्दा उठाउनुपरेको छ । सबै मिलौँ र अन्तिम लडाईं लडौँ,’ केही दिनअघि निर्देशक दिनेश राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखे । त्यसको अघिल्लो दिन निर्देशक निश्चल बस्नेतले हिन्दीसरह आफ्नो चलचित्रले शोज नपाए हलबाट उतार्ने चेतावनी दिएका थिए ।

अघिल्लो वर्ष चलचित्र ‘प्रकाश’ रिलिज गरिँदा आफ्नो सिनेमाले उचित शोज नपाएको भन्दै निर्माण पक्षले पत्रकार सम्मेलन गर्दै हलबाट उतार्ने चेतावनी दिएको थियो । ‘प्राइम टाइम’को शोज नदिइएको अभिनेता प्रदीप खड्काले बताएका थिए । उचित शोज नपाए हलबाट सिनेमा उतारेर चोकचोकमा प्रोजेक्टरमार्फत देखाउने उनले चेतावनी दिएका थिए ।

‘प्रकाश’सँगै रिलिज गरिएको चलचित्र ‘राधा’ निर्माण पक्षले त पत्रकार सम्मेलन मात्र गरेन, अन्याय गरिएको भन्दै हलबाट सिनेमा नै उता¥यो । विषयप्रधान सिनेमालाई हल सञ्चालकले स्थान नदिने गरेको ‘राधा’का निर्देशक सुवर्ण थापाले बताएका थिए ।

Agni Group

चलचित्र ‘ऐना झ्यालको पुतली’ रिलिजको अघिल्लो दिनसम्म हल सञ्चालकले बुकिङ खोलेनन् । हिन्दी चलचित्र ‘ब्रह्मास्त्र’को सेन्सर पास हुन ढिलाइ हुँदा ‘ऐना झ्यालको पुतली’लाई हल सञ्चालकले शोज बाँडफाँट नै गरिदिएनन् । सोही कारण यसका निर्देशक सुजित बिडारी पत्रकार सम्मेलन गर्न रिपोर्टर्स क्लब पुगेका थिए ।

यी त भए पछिल्लो समयका केही उदाहरण । हल सञ्चालकले शोज नदिएको भन्दै निर्माता तथा निर्देशकले बाक्लै रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

Global Ime bank

निश्चलले सलमान खानको चलचित्र ‘टाइगर’को नाम नलिईकन आफ्नो सिनेमामा विदेशीमा भन्दा धेरै अकुपेन्सी हुँदाहुँदै पनि शोज नदिइएको गुनासो गरेका थिए । उनले हिन्दीसरह ‘दिमाग खराब’लाई शोज उपलब्ध गराउनुपर्ने वा सिनेमा लागुन्जेल हल सञ्चालकले निर्मातालाई ५० प्रतिशत सेयर दिनुपर्ने माग गरे । यी माग पूरा नभए हलबाट सिनेमा उतार्ने चेतावनी दिए । माग पूरा गर्ने समयसीमा दुई दिन राखेर निश्चलले यस्तो चेतावनी दिएका थिए ।

चेतावनी दिएको भोलिपल्ट सिनेमा हल सञ्चालकको छाता संस्था चलचित्र संघले वार्ता र छलफललाई जारी राख्ने निर्णय भएको भन्दै विज्ञप्ति जारी ग¥यो । विज्ञप्तिमा मंगलबार पुनः संघका पदाधिकारीसँग बसेर छलफल गर्ने निर्णय भएको उल्लेख छ ।

निर्देशक निर्देशक नेपाली चलचित्रलाई हल सञ्चालकले पर्याप्त शोज नदिनु पुरानै समस्या भएको बताउँछन् । यो समस्या धेरै निर्माता र निर्देशकले महसुस गरिसकेको उनको भनाइ छ ।

“सँगै आएको हिन्दी सिनेमाले हल पाउने तर नेपाली चलचित्रले नपाउने समस्या दीर्घरोग नै हो । जसले भोग्छ, उसले फिल गर्छ,” उनी भन्छन्, “आफूले नभोगेसम्म कसैले कुरा उठाउँदै ।”

प्रदर्शकलाई फाइदा हुने भएकाले विदेशी सिनेमाले बढी शोज पाउने गरेको उनी बताउँछन् । “विदेशी सिनेमा फिक्समा ल्याइएको हुन्छ । त्यसैले ती सिनेमाका हरेक शोजबाट सेयर निर्मातालाई दिनु पर्दैन । जसको मारमा नेपाली सिनेमा पर्छन्,” निर्देशक दिनेश भन्छन्, “हलको नजरमा त व्यापार हो, उनीहरूले जेमा धेरै पैसा देख्छन्, त्यही नै गर्छन् ।”

नेपाली कला, साहित्य, संस्कृति र मौलिक विषयप्रधान चलचित्रले यहाँका हलमा उचित स्थान पाउनुपर्नेमा उनको जोड छ । “नेपालमा नेपाली सिनेमा नै प्राथमिकतामा कहिल्यै परेनन् । आफ्नो चलचित्र आफ्नै देशमा प्राथमिकतामा नपर्नु आफैँमा दुर्भाग्य हो,” दिनेश भन्छन् ।

नीति निर्माण तहबाटै यस विषयमा निर्णय गर्नुपर्ने उनी बताउँछन् । सरकारी तहबाटै निर्णय नगरिएसम्म यो अवस्था परिवर्तन नहुने उनी औँल्याउँछन् । “सबै मेकर एक भएर दबाब दिन सक्यो भने निर्माता संघले बोर्डलाई दबाब दिन्छ । संघले हललाई सिनेमा नै नदिने अवस्था आयो भने बल्ल हल पनि बाध्य होलान्,” दिनेश भन्छन्, “सिनेमाको व्यापार गर्न बसेका हलले सिनेमा नै नपाएपछि सोच्न बाध्य हुन्छन् ।” चलचित्र विकास बोर्डले अग्रसरता लिनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ ।

चलचित्र संघका महासचिव एवं प्रदर्शक नरेन्द्र महर्जन आलोचना गरिएजस्तो वास्तविकता नरहेको बताउँछन् । कतिपय टिप्पणीमा सत्यता नरहेको उनको जिकिर छ । “हामीले चलचित्रलाई व्यापार मात्रै सम्झिएको भए साढे सात प्रतिशत बढी सेयर आउने हिन्दी सिनेमा नलगाएर किन नेपाली चलचित्र रिलिज गर्थ्यौँ ?,” नरेन्द्र भन्छन् ।

हिन्दी सिनेमाले १५ प्रतिशत विकास शुल्क तिर्नुपर्छ । नेपाली चलचित्रले त्यो तिर्नु पर्दैन ।

“हलले नेपाली चलचित्रलाई प्राथमिकता नदिएको भए कसरी नेपाली सिनेमा नै नेपालमा सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने सिनेमा हुन्थ्यो ?,” निर्माता समेत रहेका नरेन्द्र भन्छन्, “जुन सिनेमामा सबैभन्दा धेरै अकुपेन्सी हुन्छ, त्यसैले शोज पाउने हो ।”

‘दिमाग खराब’का सन्दर्भमा भने केही कमजोरी भएको उनी बताउँछन् । “निश्चल बस्नेतले उठाएको कुराका सन्दर्भमा भने हलबाट केही कमजोरी भएकै हो । केही प्राविधिक कमजोरी हो,” नरेन्द्र भन्छन्, “सुरुमा दर्शक नआउँदा शोज कम थियो । पछि अकुपेन्सी बढेपछि हामीले प्राविधिक कारणले शोज थप्न सकेनौँ । दुई/तीन दिनअगाडि नै शोज बाँडफाँट गरिसकिएको हुने हुँदा त्यसलाई मिलाउन समय लागेको हो । पछि त हामीले शोज बढायौँ ।”

‘टाइगर’मा भन्दा ‘दिमाग खराब’मा अकुपेन्सी बढी रहँदा पनि ‘टाइगर’ले धेरै शोज पाएको भन्दै निश्चलले विज्ञप्ति जारी गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu