site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एक प्रतिशत धनीले गरे ६६ प्रतिशत गरिबले भन्दा बढी कार्बन उत्सर्जन

काठमाडौं । विनाशकारी वातावरणीय अवस्था सिर्जना गरिरहेको जलवायु परिवर्तनको प्रमुख कारण कार्बनडाई अक्साइड उत्सर्जन रहेको छ । यसै कार्बन उत्सर्जनका लागि विश्वका एक प्रतिशत धनाढ्य सबैभन्दा बढी जिम्मेवार रहेको पाइएको छ ।

स्विडेनको स्टकहोमस्थित वातावरण संस्थान अक्सफामसँगको सहकार्यमा दी गार्जियनले यस्तो अनुसन्धान सार्वजनिक गरेको छ ।

Dabur Nepal
NIC Asia

यो खोजले सन् २०१९ मा सात करोड ७० लाख धनाढ्यहरु १६ प्रतिशत कार्बन उत्सर्जनका लागि जिम्मेवार रहेको देखाएको हो ।

एक लाख ४० हजार अमेरिकी डलरभन्दा बढी कर तिरेका यी करोडपति एवं अर्बपतिका कारण भएको कार्बन उत्सर्जन १० लाखभन्दा बढीको ज्यान लिन पर्याप्त भएको जनाइएको छ ।

अक्सफामको प्रतिवेदनले एक प्रतिशत धनाढ्यका गतिविधिले सन् २०१९ मा ५.९ अर्ब कार्बन उत्सर्जन गरेको उल्लेख गरेको छ ।

आउँदा दशकमा कार्बन उत्सर्जनको यो मात्राले गर्ने तापमान वृद्धिका कारण १३ लाखभन्दा बढी मानिसको ज्यान जाने आकलन गरिएको छ ।

संयुक्त राष्ट्रसंघले मौसमी संकटका कारण हुने मृत्युको ९१ प्रतिशत विकासशील देशमा हुने गरेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro