site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको, यो वर्ष १५ हजार ९० पुगे
फाइल तस्बिर : USEF-Nepal EducationUSA Advising Center ।

काठमाडौं । अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ ।

इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १५ हजार ९० छ । अघिल्लो शैक्षिकसत्रको तुलनामा २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या २७.९ प्रतिशतले वृद्धि भएको छ ।

Dabur Nepal
NIC Asia

अघिल्लो शैक्षिकसत्र सन् २०२१/२२ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७९९ रहेको थियो । उक्त वर्ष अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औँ ठूलो संख्या नेपालीको थियो ।

रिपोर्टअनुसार अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीमा नेपालीको हिस्सा १.४ प्रतिशत छ ।

अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा सबैभन्दा ठूलो संख्या क्रमशः चीन, भारत, दक्षिण कोरिया, क्यानडा, भियतनाम, ताइवान, नाइजेरिया, जापान, ब्राजिल, साउदी अरब र नेपालीको छ ।

शैक्षिकसत्र २०२२/२३ मा दुई लाख ८९ हजार ५२६ चिनियाँ विद्यार्थी, दुई लाख ६८ हजार ९२३ भारतीय विद्यार्थी र ४३ हजार ८४७ दक्षिण कोरियाली विद्यार्थी अमेरिकामा अध्ययनरत रहेको रिपोर्टमा उल्लेख छ ।

अघिल्लो वर्षको तुलनामा शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा भारतीय विद्यार्थी ३५ प्रतिशतले बढेका छन् । यस्तै, घानाका ३२ प्रतिशतले, बंगलादेशका २८, नेपाली २७.९, पाकिस्तानका १६, कोलम्बियाका १३, इटालीका १० र स्पेनका विद्यार्थी ५ प्रतिशतले बढेका छन् ।

रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०१५/१६ मा नौ हजार ६६२, २०१६/१७ मा ११ हजार ६०७, २०१७/१८ मा १३ हजार २७०, २०१८/१९ मा १३ हजार २२९, २०१९/२० मा १२ हजार ७३०, २०२०/२१ मा ११ हजार १७२, २०२१/२२ मा ११ हजार ७९९ र २०२२/२३ मा १५ हजार ९० नेपाली विद्यार्थी अमेरिकामा अध्ययनरत छन् ।

शैक्षिकसत्र २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या हालसम्मकै उच्च रहेको रिपोर्टमा उल्लेख छ । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको सबैभन्दा ठूलो संख्या यसअघि २०१७/१८ मा १३ हजार २७० थियो ।

अमेरिकामा हाल अध्ययनरत नेपाली विद्यार्थीमध्ये ६ हजार २८८ जना अन्डरग्रयाजुएट, पाँच हजार ५४२ ग्रयाजुएट, ८९ नन–डिग्री र तीन हजार १७१ जना ओपीटी तहमा अध्ययनरत छन् ।

शैक्षिकसत्र २०२२/२३ मा नेपाली विद्यार्थीले अमेरिकी अर्थतन्त्रमा ४७ करोड अमेरिकी डलर (करिब ६२ अर्ब ५७ करोड रुपैयाँ) योगदान गरेको रिपोर्टमा जनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro