site stats
बाह्रखरी :: Baahrakhari
कला
निश्चललाई संघको जवाफ– फेसबुकमा हल्ला गरेर  हुँदैन

काठमाडौं । सिनेमा हलहरूको संस्था नेपाल चलचित्र संघले आफूहरूलाई चलचित्र ‘दिमाग खराब’लाई शोज बाँडफाँटमा अन्याय भयो भन्ने पत्र प्राप्त नभएको बताएको छ । आधिकारिक रूपमा संघमा निर्देशक तथा निर्माताबाट कुनै पत्र प्राप्त नभएको संघको भनाइ छ । 

“हामीलाई अहिलेसम्म कसैको कुनै पत्र प्राप्त भएको छैन । फेसबुकमा बोल्ने र विज्ञप्तिबाजी गरेर हुँदैन,” चलचित्र संघका द्वितीय उपाध्यक्ष गोपालकाजी कायस्थले भने, “निर्माता र निर्देशकले हामीलाई अन्याय भयो भनेर विधिवत रूपमा निवेदन दिनुपर्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शोज बाँडफाँटमा अन्याय भयो भन्ने निर्माता, निर्देशक तथा निर्माता संघले आधिकारिक रूपमा संघमा निवेदन दिए छलफल गर्न सकिने उनको भनाइ छ । “निवेदन आएपछि हामी कसरी अन्याय भएछ भनेर छलफल गर्छौं । हलहरूलाई शोज कसरी दिइएको हो भनेर सोध्छौँ,” द्वितीय उपाध्यक्ष कायस्थले बाह्रखरीसँग भने, “यसका लागि आधारिक ठाउँमा गुनासो आउनु पर्‍यो । छलफल गर्न सकिन्छ ।” 

पर्याप्त शोज नपाएको भन्दै निर्देशक निश्चल बस्नेतले शुक्रबारबाट चलचित्र ‘दिमाग खराब’ हलबाट उतार्ने चेतावनी दिएका थिए । विदेशी सिनेमा सरह शोज नपाए हलबाट सिनेमा उतार्ने निश्चलको चेतावनी थियो । सुरुमा फेसबुक लाइभमा आएर यो जानकारी दिएका उनले पछि विज्ञप्ति निकालेका थिए । 

शुक्रबारदेखि हलबाट चलचित्र ‘दिमाग खराब’ उतार्ने निश्चलको चेतावनी

विदेशी सिनेमा सरह ‘दिमाग खराबलाई शोज दिनुपर्ने अथवा चलचित्र लागुन्जेल निर्मातालाई ५० प्रतिशत शोज दिनुपर्ने अन्यथा शुक्रबारबाट सिनेमा हलबाट उतार्ने उनको चेतावनी छ । 

आफ्नो चलचित्रमा अकुपेन्सी उच्च हुँदा हुँदै पनि हलले शोज नदिएको उनको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्